जनकपुर– बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ। प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आईसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहले जानकारी दिए।
यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उपकुलपति प्राडा साहले बताए। सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा हाल दुई कोभिड संक्रमितको उपचार भइरहेको र उपचाररत दुवैको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ।
प्रदेश सरकारबाट वार्षिक रु १० करोड अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।