काठमाडौं- नेसनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई ६० प्रतिशत हकप्रद सेयर दिने भएको छ।
१० बराबर ६ कित्ता अनुपातको हकप्रद सेयरको लागि असार २२ गते सेयरधनी पुस्तिका बन्द (बुक क्लोज) गर्ने नेप्सेले जनाएको छ। यसैले सेयर सुरक्षित गर्न लगानीकर्ताले असार २१ गतेसम्म उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ। ६० प्रतिशत हकप्रदपछि कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।