काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को गीत ‘रंग भिरंगी’ सार्वजनिक भएको छ। उक्त गीतमा स्वस्तिमाले आइटम डान्स गरेकी छिन्।
शनिबार साँझ सार्वजनिक भएको उक्त गीतको भिडियोमा स्वस्तिमाको आइटम डान्स देख्न सकिन्छ। सुनिधि चौहानले गाएको उक्त गीतमा संगीत विजिवाल र शब्द तनिश्क नब्बरको रहेको छ।
गीतको भिडियो ‘रेड लाइट एरिया’मा खिचिएको छ। भारतबाट नेपाल आएका फिल्मका पात्रहरु यो क्षेत्रमा गएको प्रसंगमा गीत रहेको छ।
फिल्मको ट्रेलर र स्वस्तिमाको अभिनय रहेको गीत सार्वजनिक भएपनि हालसम्म फिल्ममा उनको भूमिका के छ भन्ने सार्वजनिक भएको छैन्। उनी यही एउटा गीतमा आइटम नृत्यमा मात्रै देखिन्छिन् वा अन्य पनि भूमिका छ भन्ने अहिलेसम्म खुलेको छैन।
राजीव सेट्टीको निर्देशनमा बनेको यो फिल्मलाई जेभियर एलेक्सले लेखेका हुन्। फिल्ममा स्वस्तिमासँगै नेपाली कलाकार माओत्से गुरुङ र उमेश लामाको अभिनय रहेको छ। यीसँगै दक्षिण भारतीय कलाकार विविन जर्ज, धर्माजन बोल्गट्टी, जोन्नी एन्टोनी, सलिम कुमार, हरिश कनारनलगायतको अभिनय फिल्ममा देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।