काठमाडौं- अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित भएको छ।
आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको हो।
‘यस अस्पातलमा सञ्चालित कोभिड–१९ विरूद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८ माघ १६ गतेसम्म ७ दिनका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।