काठमाडौं- भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमुना मध्ये ४ वटामा ओमिक्रोन पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पहिलो पटक पुष्टि भएको हो।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न पुस २५ गते नमुना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो।
जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाका अनुसार कञ्चनपुरका दुई जना, बझाङ र डोटीका एक/एक जनामा ओकिक्रोन पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।