काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २५ हजार ९०९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा ८ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।