विराटनगर- प्रदेश नं १ को मन्त्रिपरिषद्को बुधबारको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न ३ हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ।
विराटनगर विमानस्थल हाल एक हजार ५ सय मिटर लम्बाइ रहेकाले अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि धावनमार्ग विस्तार गर्न संघीय सरकारलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।
बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पठाएको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५, आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ प्रदेश सभामा पठाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।