काठमाडौं- भारतीय गायक जुभिन नौटियालले गाएको गीत ‘दिल पे जखम’मा नेपाली कलाकारद्वय सुरवीर पण्डित र सरिता गिरीले अभिनय गरेका छन्। उक्त गीत शुक्रबार सार्वजनिक भएको छ।
गीतलाई रोचक र जुभिनले संयुक्तरुपमा गाएका छन्। सुरवीर गीतमा अभिनय गरेकी कशिका कपुरको बुबाको रुपमा देखिएका छन्। गीतमा दुईपटक उनलाई देखाइएको छ। सँगै सरितालाई पनि गीतको भिडियोमा देख्न सकिन्छ।
म्युजिक भिडियोमा गुरमृत चौधरी, अर्जुन विज्लानी र कशिका कपुरको अभिनय छ। सरिता र सुरवीरसँगै दीप महर्जन र सुधा ढकाललगायत नेपाली कलाकारको अभिनय गीतमा देख्न सकिन्छ।
गीतको छायांकन भारतसँगै नेपालका विभिन्न स्थानमा भएको छ। यो गीतको भिडियोलाई आशिष पाण्डाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।