काठमाडौं- गायक तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘जुम्लाबाट आउनुभयो मित’ बोलको सार्वजनिक भएको छ।
पहाडी भेगको जुम्ला र तराई भेगको प्रसंग जोडिएको गीत आइतबार सार्वजनिक गरिएको हो। गीतमा भण्डारीकै संगीत र आकृति विश्वकर्माको स्वर रहेको छ।
गीतले दुई भेगको कथालाई समेटेको छ। दुई भेगको जीवनशैली र रहन सहनका कुराहरु गीतमा समेटिएका छन्। गीतको एरेन्ज स्यामश्वेत रसाईलीले गरेका छन्।
गीतको भिडियोमा सुधिर श्रेष्ठ, विजय पुन र सिर्जना जीसीको अभिनय रहेको छ। भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन्। अजय रेग्मीले खिचेको गीतको भिडियोको सम्पादन तथा संयोजन विकास ज्ञवालीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।