काठमाडौं– र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ फाल्गुन १६ गतेबाट प्रसारण हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको र्याप गायनको रियालिटी शो इमेज टेलिभिजन र डी म्युजिक टीभीबाट प्रसारण हुने भएको हो।
डिजिटल अडिसनपछि देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट छानिएका १२३ जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। सुदीप पोखरेल र रोशन श्रेष्ठले निर्माण गरेको यो कार्यक्रम ‘डी म्युजिक टीभी’को ब्यानरमा बनेको छ।
आयोजकले नेपालमा र्यापलाई परिचितसँगै धेरै माझमा पुर्याउन यो कार्यक्रमले सहायता गर्ने आशा रहेको बताएका छन्।
कार्यक्रमका विजेताले १० लाख रुपैयाँ पाउनेछन्। त्यस्तै, उपविजेतालाई ५ लाख रुपैयाँको पुरस्कार दिइनेछ। कार्यक्रममा नेपाली र्यापमा परिचित रहेका तीन जना गिरिश खतिवडा, बालेन शाह र मानस घले निर्णायकको रुपमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।