काठमाडौं– ‘ए मेरो हजुर ४’ फिल्मको शीर्ष गीत सार्वजनिक भएको छ। सुगम पोखरल र अस्मिता अधिकारीले स्वर दिएको ‘फुलको थुंगा’ बोलको गीत शुक्रबार साँझ सार्वजनिक भएको हो।
गीतमा फिल्ममा मुख्य भूमिकामा रहेका अभिनेता अनमोल केसी र सुहाना थापा रोमेन्टिक मुडमा देखिएका छन्। हिमाली भेगमा खिचिएको गीतको भिडियोमा सुन्दर दृश्यहरु समेटिएका छन्। गति शे–फोक्सुण्डो क्षेत्रमा खिचिएको छ।
गीतमा संगीत कल्याण सिंहले दिएका छन् भने शब्द रवि मल्लको रहेको छ। स्वर्गिय गीतकार शिव रेग्मीले लेखेको तथा उदित नारायण झा र दिपा नारायण झाले गाएको ‘फुलको थुंगा हौं कि’ शब्दलाई पनि गीतमा प्रयोग गरिएको छ।
आगामी वैशाख १ मा प्रदर्शनको मिति तोकेको फिल्म ‘ए मेरो हजुर ४’मा समेटिएको यो गीत फिल्मको शिर्ष गीत हो। फिल्ममा अनमोल र सुहानासँगै झरना थापालगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मलको कथा झरना थापा र स्वगीय छेतन गुरुङले संयुक्त रुपमा लेखेका छन्। फिल्मलाई झरनाले नै निर्देशन गरेकी छिन्। सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई सह निर्देशन आर्यन अधिकारीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।