काठमाडौं– प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’का अवसरमा अमेरिका बस्दै आएका गायक पूर्ण लामिछानेले नयाँ सांगीतिक सौगात ‘माया लाइदेउन’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा गायिका मेलिना राई र गायक लामिछानेको स्वर सुन्न सकिन्छ। ‘खोजी रा छु मनकारी तिमी हो कि होइन?, यो भाग्यमा के लेख्या छ केही थाहा छैन’, ‘आकाशकी जुन हौं कि धरती कि परी, रातो दिन तिमीलाई यो मुटुभरी’लगायत माया पिरतीका गीत भिडियोमा समेटिएका छन्।
गायक लामिछानेकै शब्द रहेको गीतलाई संगीतकार शंकर थापा ‘स्माइल’ले संगीत संयोजन गएको हो। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेको छ।
भिडियोमा विकास धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ। पबी भट्टराई निर्मात्री रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।