काठमाडौं– ‘द भ्वाइस किड्स’ रियालिटि शो मार्फत चर्चामा आएकी बाल गायिका रुक्साना लिम्बुको एकल आवाजमा ‘मैले लाउने झुक्के बुलकी’ बोलको गीत सार्वजनिक भएको छ।
दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीत सोमबार सार्वजनिक भएको हो।
यो गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्। गीतको भिडियोमा रुक्साना र दिपक शर्मालाई प्रस्तुत गरिएको छ।
लोक लयमा सजिएको गीतको भिडियो रमेश पाठकले खिचेका छन् भने यसको सम्पादन दिन्सन शाहले गरेका छन् ।
‘द भ्वाइस किड्स’बाट गायन क्षेत्रमा निकै लोकप्रिय बनेकी रुक्सानाले यसअघि गायक प्रमोद खरेलसँग गाएको युगल गीत ‘नोगेन’ गीत निकै चर्चामा आएको थियो। एकातिर गीतको सुन्दरतासँगै अर्कातिर बसन्त सापकोटाले ‘नोगेन’ गीतका संगीतकार महेश खड्काले आफ्नो संगीत चोरेको आरोपका कारण गीत निकै चर्चामा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।