काठमाडौं– गायक सविन राई आफ्नो समयमा निकै चर्चित गायक हुन्। ‘गुँरासको फेद मुनी’, ‘मलाई अंगाली देउ’, ‘म संसार जित्ने प्रयास गर्दैछु’ जस्ता चर्चित गीत गाएका सबिन केही समयदेखि भने गायन क्षेत्रमा पहिलेजस्तो उपस्थित थिएनन्। उनले नयाँ गीत सार्वजनिक नगरेकै लामो समय भएको थियो।
अन्नतः सबिन राईले कमब्याक गरेका छन्। उनले ‘चिसो एस्ट्रे’ नामक फिल्मको ‘बाबा पशुपती’ बोलको गीतमार्फत कमब्याक गरेका छन्। गीतमा सबिन आफ्नो पुरानै शैलीमा गीतमा प्रस्तुत भएका छन्।
गीतमा शब्द दिन्स पाल्पालीको रहेको छ भने संगीत अजर जंगमले गरेका छन्। गीत दिन्स पाल्पालीको निर्देशनमा बनेको फिल्म ‘चिसो एस्ट्रे’मा समावेश छ।
यो फिल्ममा गाउँबाट शहर आएर आधुनिक बनेको एक युवकको कथा समेटिएको छ। फिल्ममा दिव्य देव, निकुन श्रेष्ट, नविन लम्साल, श्रृष्टि श्रेष्ठ, सुसिल राज पाण्डे, रोविन तामाङलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।