काठमाडौं– गायिका प्रिती कौरको नयाँ गीत ‘के को सान’ सार्वजनिक भएको छ। आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।
गायन, शब्द तथा संगीत संयोजन सबै कौरकै रहेको गीतमा विशेष पाण्डेको मिक्सिङ रहेको छ। गीतको भिडियोमा गायिका कौर शिशिर शिवाकोटीको अभिनय रहेको छ।
आइतबार आफ्नो गीतको सार्वजनिकी कार्यक्रममा कौरले आफ्नो दुई गीतहरु प्रस्तुत गर्दै नयाँ गीत पनि दर्शकले रुचाइदिने विश्वास व्यक्त गरेकी थिइन्।
महिलामाथि पुरुषले गर्ने व्यवहार र समान आदरको विषयलाई समेटिएको गीतको भिडियोमा पनि सोही किसिमको कथालाई प्रस्तुत गरिएको छ। भिडियोमा कौर र शिवाकोटीको अभिनयमा एक महिलामाथि हुने विभेदपछि बदलाको कथालाई देखाइएको छ।
भिडियोलाई अविशेष सुवेदीले निर्देशन गरेका छन्। प्रविण टाक्की कार्कीको लगानीमा बनेको गीतको भिडियोलाई चिन्तनराज भण्डारीले खिचेका हुन् भने यसको सम्पादन तथा रंग संयोजन अर्जुन कार्कीले गरेका छन्।
हेर्नुहोस् भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।