काठमाडौं– कलाकार पल शाह प्रकरणमा नाबालिगको चरित्र हत्या हुनेगरि अभिव्यक्ति दिएको भन्दै आफूलाई 'अभियन्ता' बताउने हरि उदाशी पक्राउ परेका छन्।
उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै नाबालिगको चरित्र हत्या हुने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यही प्रकरणमा ब्यूरोले यसअघि गुल्मीको भनभने–९ घर भएका युट्युबर राहुल थापालाई पक्राउ गरेको थियो।
उनी सेलेब युट्युब च्यानलका सञ्चालक हुन्। रुपन्देही बस्दै आएका २१ वर्षीय थापाले नाबालिग गायिका र नायिका रेखा थापामाथि मानमर्दन हुनेगरी टिप्पणी गरेको त्यस प्रकारका सामाग्री आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको आरोप लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।