काठमाडौं– टेलिभिजन क्षेत्रमा कार्यक्रम निर्देशन तथा निर्माणमा आफ्नो परिचय स्थापित गराएका रतन देवकोटाले नयाँ गीत सार्वजनिक गरेका छन्।
देवकोटाको गायन, संगीत तथा शब्दमा रहेको ‘ओई सुवा’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो।
नेपालको सुरपश्चिम तथा कर्णाली क्षेत्रमा आफूलाई मन पर्ने मान्छेलाई बोलाउन प्रयोग गरिने ‘सुवा’ शब्दको प्रयोग गरेर गीतमा आफ्नो प्रेम व्यक्त गरिएको छ।
देवकोटाले आफ्नो गीत सार्वजनिक भएसँगै भनेका छन्, ‘लाग्छ म कोचिला हुँ। र हरेक कोपिलाको फक्रिने सपना हुन्छ। बस, तपाई तपाईको स्नेह, हौसला र रचनात्मक सुझाव सल्लाहको वायुमण्डल चाहिएको छ। म फक्रिन चाहन्छु।’
गीतलाई सञ्जय श्रीपलले एरेन्ज गरेका छन्। संगीतमा अनुप म्यूजिकमेनको बेस गितार, सञ्जीव बराइलीको गितार, गोपाल देवको बाँसुरी र भुवन गन्धर्भको ढोलकमा साथ दिएका छन्।
गीतको भिडियोलाई विशाल अर्यालले निर्देशन गरेका हुन्। भिडियोमा गायन देवकोटासँगै बबिना पौडेल, केपी देवकोटा, सुजिता कार्की, एलेक्स बजगाईं र सुश्मा बश्याललगायतको अभिनय रहेको छ।
हेर्नुहोस् गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।