काठमाडौ– बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन उद्यमीलाई आह्वान गरेका छन्।
नेपाली राजदूतावास मनामा, बहराइनले शुक्रबार क्रियाशील करीब तीन दर्जन संघसंस्था, गैरआवासीय नेपाली संघ (एनआरएन), बहराइनमा विभिन्न पेशा व्यवसायमा संलग्न उद्यमीका प्रतिनिधिसँगको वैदेशिक प्रवद्र्धनसम्बन्धी अन्तक्रियामा राजदूत सुन्दासले सो कुराको आह्वान गरेका बहराइन दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
उपनियोग प्रमुख खगराज अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा चार्टर्ड एकाउन्टेन रमेश धितालले नेपालको आर्थिक परिसूचक, रणनीतिक लाभका क्षेत्र, लगानीका विधि तथा प्रक्रिया, लगानी र करसम्बन्धी विद्यमान व्यवस्था, नवीनतम सिर्जनात्मक लगानीका सम्भावनाबारे प्रष्ट पारेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।