काठमाडौं– अभिनेता कर्मा शाक्य अभिनित फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ। २३ वैशाखमा प्रदर्शनमा आउन लागेको फिल्मको शीर्ष गीत बुधबार सार्वजनिक भएको हो।
गीतलाई बिराज गौतमले गाएका छन्। त्यस्तै, शब्द र संगीत भने गौतम र विशेष पाण्डेको रहेको छ। संगीतको एरेञ्ज पाण्डेको रहेको छ। गीतमा पत्रकारको भूमिकामा फिल्ममा देखिएका कर्माको मनोदशालाई चित्रण गरिएको छ।
वैशाख २३ बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई मिलन डि काप्रीले निर्देशन गरेका छन्। थ्रिलर बिधाको यो फिल्म उनको डेब्यु फिल्म हो।
फिल्ममा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कणरिया, शिशिर लिम्बु वानेमलगायतका कलाकारको अभिनय छ। त्यस्तै, बालकलाकार अशिम लामाले पनि फिल्ममा अभिनय गरेका छन्।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्य्रु फिल्म्स्को ब्यानरमा बनेको यो फिल्मलाई शिशिर लिम्बु वानेमले लेखेका छन्। फिल्ममा लगानी बिराज कणरियाको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।