काठमाडौं- जाजरकोटको भेरी नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ।
५ हजार ३०४ मत गणना प्रमुखमा एमाले उम्मेदवार सीपी घर्ती मगले १ हजार ७७३ मत पाएका छन्। दोस्रो स्थानमा एकीकृत समाजवादी रहेको छ। समाजवादीले १ हजार ७२५ मत ल्याउँदा कांग्रेस माओवादी गठबन्धनबाट माओवादीका उम्मेदवारले १ हजार ५८७ मत पाएका छन्।
उपप्रमुखमा भने गठबन्धनले अग्रता बनाएको छ। कांग्रेस उम्मेदवारले २ हजार १०५ मत पाउँदा एमाले उम्मेदवारले २०६९ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।