काठमाडौं- वीरगञ्ज महानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो ६ घण्टादेखि मत गणनाको कुनै पनि विवरण सार्वजनिक गरेको छैन।
महानगरको निर्वाचन कार्यालयले गणना भएको मत इन्ट्री गर्ने कम्युटरमा समस्या आएको र वुथहरुवाट मत जोड्न नसकिएका कारण अपडेट गर्न नसकिएको दाबी गरेको छ।
अब केही समयमा समग्र मत जोडेर सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ। ६ घण्टा अघि गठबन्धनका उम्मेदवार अगाडि रहेका थिए।
गठबन्धनका तर्फबाट जसपाका मेयर राजेशमान सिंहले १हजार८१० मत पाएका थिए भने एमालेका विजय सरावगीले ७४७ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।