काठमाडौं–जुम्लाको तातोपानी गाउँपालिकामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन्।
वडा नम्बर ३ का नेपाली कांग्रेसका वडाध्यक्षको विजय जुलुसमा माअोवादी कार्यकर्ताले हस्तक्षेप गरेपछि झडप भएको हो।
घाइते हुनेमा तातोपानी ३ बस्ने २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी शाही, २१ वर्षका अजित कामी, प्रकाश सुनार र तातोपानी १ का १८ वर्षीय धर्मराज रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।