चितवन- भरतपुर महानगरपालिकमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ३१७ मत प्राप्त गरेकी छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीले २ हजार ३०३ मत प्राप्त गरेका छन्।
दाहाल र सुबेदीबीच १४ मतको मात्र अन्तर देखिएको छ। उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो अग्रता फराकिलो पारेका छन्।
गठवन्धनका उम्मेदवार चित्रसेन अधिकारीले २ हजार ५५२ र राप्रपाकी हिमला गुरुङले १८४९ मत प्राप्त गरेकी छन्। उनीहरुबीच ७०३ मतको फरक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।