काठमाडौं–सिन्धुलीको तिनपाटन गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्।
अहिलेसम्मको मतपरिणामअनुसार अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले ३८४३ मत ल्याएका छन् भने एमाले उम्मेदवारले ३३४८ मत प्राप्त गरेका छन्।
यस्तै, उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारले ३६१८ मत पाएका छन् भने एमालेका उम्मेदवारले ३२३३ मत प्राप्त गरेका छन्। हाल वडा नम्बर ३ र ९ को मतगणना जारी छ भने एमालेले वडा नम्बर १ तथा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले वडा नम्बर २, १० र ११ मा जित हात पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।