रोल्पा–रोल्पाको थवाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्। बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत प्राप्त भएको थियो।
उपाध्यक्षमा माओवादी केन्द्रका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरे।
थवाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए। सो गाउँपालिका–१, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं २ मा अभिलाषा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्द्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।