पाेखरा-स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिएका छन्। त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याएका छन्।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता बनाएकी छन्। उनका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।