काठमाडौं-भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ।
आइतबार साँझसम्म अग्रता बनाइरहेको गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई एमाले उम्मेदवार विजय सुवेदीले तीन मतले पछि पारेका छन्।
सुवेदीले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने दाहालले २ हजार ४ सय ६५ मत ल्याएकी छिन्। अहिले भरतपुर २ मा मत गणना भइरहेको छ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा भरतपुरमा १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।