काठमाडौं- हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व पाएको छ। आइतबार सकिएको मतगणनामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको हो।
प्राप्त मत परिणाम अनुसार अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैशीले १८१० मतले जित निकालेका हुन्। उनका प्रतिस्पर्धी एमालेका अजमल बुढाले ९९५ मत पाए।
उपाध्यक्षमा कांग्रेस उम्मेदवार सुरेन्द्रबहादुर थापाले जित निकालेका छन्। उनले १३९९ मत पाए। उनका प्रतिस्पर्धी रुपचन्द्रा ऐडीले ४७७ मत पाएकी छिन्।
योसँगै माओवादी केन्द्रले ९ पालिकाको नेतृत्व हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।