काठमाडौं–वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट जसपा नेपालका उम्मेदवार राजेशमान सिंह प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीभन्दा दोब्बर मतले अग्रस्थानमा छन्। सिंहले २८३२ मत प्राप्त गरेका छन् भने एमालेका सरावगीले १२८६ मत प्राप्त गरेका छन्।
मेयरमा राप्रपाका गिरिश गिरीको ८६ मत छ। हालसम्म वडा नम्बर १, २, ३१ र ३२ को ५ हजार ६४२ मतगणना भएको हो।
यस्तै, उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले २०२५ मत प्राप्त गरेका छन् भने लोसपाका पुरुषोत्तमलाल झाले ३३१ र राप्रपाकी विना जयसवालले १३३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रको २०२ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।