काठमाडौं-गोरखाको अजिरकोट गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
अजिरकोटको अध्यक्षमा दीपक देवकोटा ३७८७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर गुरुङले ३२८९ मत पाएका छन्।
उपाध्यक्षमा पनि माओवादी केन्द्रका अनिता भुजेल विजयी भएकी छिन्। उनले ३५३२ मत पाएकी हुन्। उनलाई पछ्याएकी कांग्रेसकी इन्द्र गुरुङले ३३६१ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।