काठमाडौं- गुल्मीको चन्द्रकोट गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा युवराज खत्री क्षेत्री ५७०० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका चेतनबहादुर बस्नेतले ३२४७ मत पाएका छन्।
उपाध्यक्ष कांग्रेसका उम्मेदवार विष्णुप्रसाद भण्डारी विजयी भएका छन्। उनले ५०१६ मत पाए। उनलाई पछ्याएकी एमालेकी राधिका अर्यालले ३८१६ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।