काठमाडौं- संखुवासभाको सभापोखरी गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
सो गाउँपालिकामा अध्यक्ष पदमा कांग्रेस उम्मेदवार भीमबहादुर लिम्बुले ३००७ मत पाएर जित निकालेका हुन्। उनका प्रतिस्पर्धी एमालेका रत्नबहादुर सुब्बाले २३०५ मत पाए।
उपाध्यक्षमा एकीकृत समाजवादीका लक्ष्मी चापागाईंले २४३९ मत सहित जित निकालेकी छिन्। उनकी प्रतिस्पर्धी एमालेकी सबिता बरालले २३७६ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।