काठमाडौं- सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। नेपाली कांग्रेस र एमाले गठबन्धनबाट उनले जित हात पारेका हुन्।
अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४ हजार ५८ मत ल्याउँदै जित हात पारे। भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लिराज जैशीले ४ हजार १२ मत ल्याए।
कांग्रेस एमाले गठबन्धनका बुढाथोकीले ४० मतको अन्तरले जित हात पारेका हुन्। उपाध्यक्षमा गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भए।
रावतले ४ हजार १ सय ४३ मत ल्याए। उनको प्रतिस्पर्धी माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।