काठमाडौं–बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले जित हात पारेको छ। नेपाली कांग्रेसले यो वडामा पहिलो पटक जित हात पारेको हो।
वडामा नेपाली कांग्रेसका कृष्ण शाह ठकुरीले ५१४ मत ल्याएर जित हात पारेका हुन्। उक्त नगरपालिकाको वडा नम्बर १ र २ मा एमाले, ३ मा स्वतन्त्र र ४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
ठकुरीका प्रतिस्पर्धी एमालेका नारायण दुलालले ४८१ मत पाए। नगरपालिकाको मेयरमा कांग्रेसका विनोद चालिसेले अग्रता कायम गरेका छन्। उनले ३२९८ मत पाएका छन् भने एमालेका मिठाराम अधिकारीले ३२१८ मत पाएका छन्। वडा सदस्यहरुमा दलित महिला सदस्यमा एमाले र २ खुल्ला सदस्य नेपाली कांग्रेसले जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।