काठमाडौं–दैलेखको गुराँस गाउँपालिकामा एमालेका उम्मेदवारले जित हात पारेका छन्। एमालेका टोपबहादुर बिसी ४ हजार १२० मत ल्याएर विजयी भएका हुन्।
उनले निर्वतमान अध्यक्ष खेमराज वलीलाई पराजित गरे। नेपाली कांग्रेसका वलीले ३ हजार ७३५ मत पाए। उपाध्यक्षमा पनि एमालेकी शिवाकुमारी खड्का विजयी भएकी छन् । उनले ४१२५ मत ल्याउँदै कांग्रेसकी दीपा बिसीलाई पराजित गरिन्। बिसीले ३५ सय ४७ मतमात्र पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।