काठमाडौं- बैतडीको शिवनाथ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ कांग्रेस उम्मेदवारले जित निकालेका छन्।
अन्तिम मत परिणामअनुसार कांग्रेसका कर्णसिंह साउदले ३१६५ मत पाएका छन्। उनलाई पछ्याएका एमालेका हजारीसिंह साउदले २८४९ मत पाए।
त्यस्तै, उपाध्यक्षमा एमालेकी शकुन्तला साउद विजयी भएकी छिन्। उनलाई पछ्याएका माओवादी केन्द्रका नरेन्द्र साउदले २६९९ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।