काठमाडौं–बैतडीको पन्चेश्वर गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ। एमालेका गोरखबहादुर चन्दले ३ हजार ७३२ मत ल्याउँदै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश सिंह भण्डारीले २ हजार ४८८ मतमात्र पाए।
पन्चेश्वरमा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। उपाध्यक्षमा पनि एमालेकी विना भट्ट विजयी भएकी छिन्। उनले नेकपा एकीकृत समाजवादीका राजेन्द्रबहादुर चन्दलाई पराजित गरिन् । भट्टले ३ हजार ६४ मत प्राप्त गरिन् भने गठबन्धनका उम्मेदवार चन्दले २ हजार ५०० मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।