काठमाडौं- नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
२८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन्। कांग्रेसको गढको रुपमा लिने गरिएको यस गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा सवै पद कांग्रेसले जितेको थियो।
सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्। सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।