चितवन- माडी नगरपालिकाको मतगणना रोकिएको छ।
माडीको वडा नम्बर ३ को बुथबाट मतपत्र ल्याउने क्रममा माओवादी केन्द्रले मत थपेको भन्दै एमाले बिरोधमा उत्रिएको छ।
निर्वाचन अधिकृतको कार्यालय अघि आतबार राति नाराबाजी भएको छ। अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जनाइएको छ ।
चितवनको माडीमा नेकपा एमालेबाट ताराकुमारी काजी महतो र नेकपा माओवादी केन्द्रबाट ऋषिराम काफ्लेलगायत चुनावी प्रतिस्पर्धामा छन्।
उक्त नगरपालिकाको जारी मतगणनामा एमालेले अग्रता बनाइरहेको छ। एमाले उम्मेदवार महतोले १८ सय ७८ मत पाउँदा माओवादी उम्मेदवार काफ्लेले १७११ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।