काठमाडौं–लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाए।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेकी कृष्ण गुरुङले १ हजार ७७४ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।