काठमाडौं–भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता लिएकी छन्।
यसअघि एमालेका विजय सुवेदीले अग्रता लिएका थिए। ८०८५ मत गणना सकिँदा दाहाल झिनो मतले अघि लागेकी हुन्।
दाहालले २९१८ मत ल्याएकी छन् भने एमालेका सुवेदी २९१५ मत पाएका छन् । दाहालले सुवेदीलाई ३ मतले पछाडि पारेकी हुन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।