काठमाडौं— मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा एमालेका हिदम लामाले ५५९१ मत पाउँदा गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले ५२०९ मत पाए।
लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका सञ्जिव श्रेष्ठ १६ मतले विजयी भए। उनले ५३१५ मत पाउँदा एमालेकी पार्वती रानाले ५२९९ मत पाइन्। राना निवर्तमान उपप्रमुख हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।