काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअध्यक्षमा कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनी निवर्तमान अध्यक्ष हुन्।
शेर्पाले ५३ सय ८६ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी एमालेका दावा लामाले ४६ सय ४ मत पाए।
उपाध्यक्षमा पनि कांग्रेसकी अप्सरा लम्साल लामिछाने विजयी भइन्। उनले ५४ सय ९८ मत पाइन् भने निकटतम प्रतिद्धन्द्धी एमालेकी गंगा अर्यालले ३९ सय १४ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।