काठमाडौं- गोकर्णेश्वर नगरपालिका ४ को वडाध्यक्षमा एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन्।
कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर लौरो चुनाव चिन्ह मार्फत चुनाव लडेका थिए। उनले निवर्तमान वडाध्यक्ष रहेका एमाले उम्मेदवार श्रीकुमार श्रेष्ठलाई पराजित गरेका हुन्।
महतले १०२७ मत पाए। उनका प्रतिस्पर्धी एमालेका श्रेष्ठले ९२९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।