काठमाडौं- गत शुक्रबार भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। सोमबार बिहान ५ बजेसम्म ७७ स्थानीय तहको नजिता सार्वजनिक हुँदा एमालेले अग्रता कायम गरेको छ।
एमालेले अहिलेसम्म २८ पालिका प्रमुखमा जित हात पारेको छ। त्यस्तै उपप्रमुखमा २१ स्थानमा विजयी भएको छ।
एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले हालसम्म २६ स्थानमा प्रमुख पदमा जित हात पारेको छ। त्यस्तै उपप्रमुखमा ३२ स्थानमा जितेको छ।
माओवादी केन्द्रले २१ स्थानमा प्रमुखमा जित्दा ११ स्थानमा उपप्रमुख जितेको छ। त्यसैगरी एकीकृत समाजवादीले २ स्थानीय तहको प्रमुख पद जितेको छ।
सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादले गठबन्धन गरेर निर्वाचन लडेका हुन्। गठबन्धनमा जसपा र राजमो पनि संलग्न छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।