काठमाडौं– अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल विजयी भएका छन्।
अध्यक्षमा एमालेका न्यौपानेले निकटतम प्रतिस्पर्धी कांग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तरले पछि पारे। उनले ७ हजार ७ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै, उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मतसहित विजयी भइन्। उनले कांग्रेसकी लक्ष्मी गौतमलाई ६ सय २३ मतले पछि पारिन्।
अघिल्लो निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।