बाजुरा- बाजुराको बडिमालिका-२ को वडाअध्यक्षमा ज्वाइँ-जेठानबीच तीव्र प्रतिस्पर्धा भएको छ। यसपल्ट ज्वाइँ पर्ने डम्बर महतले जेठान गोपाल कार्कीलाई ४ मतले पराजित गरेका छन्।
ज्वाइँ महत नेकपा एमाले र जेठान कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा थिए। २०७४ सालको स्थानीय चुनावमा पनि उनीहरूले प्रतिस्पर्धा गरेका थिए।
त्योबेला कार्की ६ मतले पराजित भएका थिए। महतले २ सय ४२ मत ल्याएका थिए भने कार्कीले २ सय ३६ मत ल्याएका थिए।
यसपल्ट महतले ३१९ र कार्कीले ३१५ मत ल्याए। कार्कीकी सहोदर बहिनी र महतका सहोदर कान्छा भाइबीच वैवाहिक सम्बन्ध रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।