काठमाडौं– अछामको ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर साउद ३१८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर शाहीले २५५५ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै नेत्रकला देवि शाही विजयी भएकी छन्। उनले ३१०० सय मत प्राप्त गरिन्। प्रतिद्वन्दी एमालेकी मायादेवी बुढाले २५७३ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।