काठमाडौं– डोटीको जोरायल गाउँपालिकामा एमालेले जितेको छ।
अन्तिम परिणाम अनुसार नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्ष पदका उम्मेदवार जमुना कुमारी बोहराले जित हात पारेका हुन्।
एमाले उम्मेदवार ओझाले ३४४९ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार दीपक कुमार बिष्टले ३४१२ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा एमाले उम्मेदवार बोहराले ३५९९ मत ल्याउँदै गर्दा कांग्रेस उम्मेदवार चन्द्रा कुमारी साउदले ३५१७ मत प्राप्त गरिन्।
जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ओझा र बोहरा दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।