काठमाडौं- डोटीको आदर्श गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्षमा विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मरबहादुर ओलीले ३ हजार ३७७ मत प्राप्त गरे।
उपाध्यक्षमा ३ हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी धामी विजयी भइन्। उनकी प्रतिद्वन्द्वी एमालेकी जानकी शाहीले ३ हजार ३८९ मत पाएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।